• Course Code:  JN20.2np

  • Term:  Self paced

  • Open for Enrollment

  • Self-paced

  • Course Author(s)
    डेबोरा केल्ली
Cover

कोभिड सुरक्षा पाठ्यक्रम

Self paced

  • Circles
    Thomson Foundation
    Instructor

Description

यदि तपाईंलाई यस पाठ्यक्रममा भर्ना हुन समस्या भइरहेको छ भने  journalismnow@thomsonfoundation.org  मा कृपया सम्पर्क गर्नुहोस । 

 

यो पाठ्यक्रम अन्तर्राष्ट्रिय पत्रकार महासंघ र डार्ट सेन्टर यूरोपको सहकार्यमा निर्माण  गरिएको हो ।

 

 

पाठ्यक्रम अवलोकन

कोभिड १९ जस्तो महामारीमा  रिर्पोट गर्ने  बेलामा तपाईँले आफ्नो सुरक्षा कसरी गर्ने र तपाईँसँग काम गर्ने र कामको सिलसिलामा तपाईँले भेट्ने व्यक्तिको सुरक्षा कसरी गर्ने भन्ने बारेमा यस पाठ्यक्रममा सिक्नुहुन्छ  ।  हिडडुल र सम्पर्कमा प्रतिबन्घले पत्रकारका लागि ठूलो चुनौती खडा गर्छ  ,त्यस्तो  बेलामा कसरी अन्तर्वार्ता लिने र कसरी सूचना संकलन गर्ने भन्ने सिक्नुहुन्छ । यो पाठ्यक्रममा अघिल्लो माहामारी जस्तै सार्स र इवोला को कभरेज र कोभिड १९ महामारीमा  पत्रकार र मिडिया संगठनहरु द्वारा अपनाइएको राम्रो अभ्यासहरुको उदाहरण समावेश गरिएको छ।  यो पाठ्यक्रममा विभिन्न अभ्यासहरु छन् जसले तपाईँलाई मद्दत गर्छ । यो कोर्स तपाई, तपाईका सहकर्मीहरु, साथीभाईहरु र परिवारलाई सुरक्षित राख्न सहयोग गर्न डिजाईन गरिएको हो । यो सँगै मान्छेहरु सूचनाको लागि तपाईमा निर्भर भईरहेको समयमा यो कोर्सले तपाईलाई समाचार संकलन गर्न पनि सक्षम बनाउछ ।

 

तपाईं के सिक्नुहुनेछ 

  • कोभिड – १९ महामारीको रिर्पोटिङ गर्दा व्यक्तिगत सुरक्षाका लागि के–कस्ता स्वास्थ्य सावधानीहरू र उपायहरू उपयुक्त हुन्छ  भनेर जान्नुहुनेछ । 
  • फिल्ड रिपोर्टर र समाचार डेस्कमा काम गर्ने स्टाफहरूको कोभिड १९ का बारेमा समाचार सम्प्रेषणकोे योजना बनाउनका लागि आवश्यक प्रक्रियाहरू जान्नुहुनेछ । 
  • संक्रमणबाट जोखिम कम गर्ने उपायहरू  जान्नुहुनेछ र वा कोभिड – १९ महामारीको कभरेज गर्दा  अरूलाई संक्रमित नगर्ने उपायहरू कोबारेमा जान्नुहुनेछ ।
  • कोभिड १९ जस्ता महामारीको बखत अडियो र भिडियो रेकर्ड गर्ने उपकरणहरू प्रयोग गर्ने क्रममा सुरक्षा उपायहरूको प्रकारबारे जान्नुहुनेछ ।
  • तपाईंको काम गर्ने अभ्यासहरू र महामारीको समयमा रिपोर्ट गर्ने चुनौतिहरूको समयमा सबैभन्दा प्रभावकारी कभरेज प्राप्त गर्न तपाईं आफ्नो उपकरण प्रयोग गर्ने तरिका अनुकूलन गर्न सक्षम हुनुहुनेछ ।
  • महामारीलाई कभर गर्ने सम्भावित भावनात्मक परिणामहरू जान्नुहुनेछ र  ती परिणामहरूलाई कसरी सम्हाल्ने र आवश्यक भएमा कहाँ मद्दत लिनेबारेमा जान्नुहुनेछ । 

 

 

 तपाइँका प्रशिक्षकहरू भेट्नुहोस्

 

 

डेबोरा केली, तपाइँको पाठ्यक्रम प्रशिक्षक थॉमसन फाउन्डेसनको प्रशिक्षण र सञ्चार निर्देशक हुन्। बेलायत र अन्तर्राष्ट्रिय मिडिया संगठनहरू बीबीसी, अल जजीरा, आई टीभी र थॉमसन रायटर लगायतका लागि काम गर्ने वरिष्ठ पत्रकार र प्रबन्धकको रूपमा उनीसँग ३० बर्ष भन्दा बढीको अनुभव छ।

 

डेबोरा केलीका साथै अन्य मिडिया विशेषज्ञहरूको मजबूत टीम ।

 

 

अर्नेष्ट सागगाा - मानव अधिकार र सुरक्षा प्रमुख , अन्तर्राष्ट्रिय पत्रकारहर महासंघ 

  

जाेयल  विटेकर -  उच्च जाेिखम प्रमुख  आइ टी एन  बेलायतमा आधारित अन्तर्राष्ट्रिय समाचार संस्था 

 

  लुइस हेरन - टेलिभिजन वृत्तचित्र निर्माता र निर्देशक, रेब्रिज फिल्म र ३० बर्ष भन्दा बढीको अनुभव रहेको शैक्षिक  व्यक्ति हुन् ।

 

 गेभिन रीज - डार्ट सेन्टरका लागि पत्रकारिता र ट्रामा युरोपको 

 

गेल्न मुल्चे  - मोबाइल पत्रकारितामा प्रशिक्षक  र परामर्शदाता

 

 

पाठ्यक्रम रूपरेखा

  • खण्ड १ ले पाठ्यक्रमको अवधारणा दिन्छ र पाठ्यक्रमको प्रशिक्षक र मिडिया विज्ञहरूको परिचय दिन्छ, जसले तपाईंलाई सुरक्षा प्रक्रियाको बारेन मार्गनिर्देश  गर्छन

  • खण्ड २ ले ले हामीलाई कोभिड १९ को बारेमा के थाहा छ भनेर पत्ता लगाउँछ र कभरेजको योजना बनाउँदा तपाईले गर्नुपर्ने सुरक्षा जाँचहरू र उपायहरूमा ध्यान दिन्छ । 

  • खण्ड ३ ले व्यक्तिगत स्वच्छता, र उपकरणको सफाई सहित संकटको समयमा पत्रकारिता सुरक्षाका सिद्धान्तहरूको अनुसन्धान गर्छ ।

  •   खण्ड ४ ले तपाईको सम्पर्कमा आउने व्यक्तिहरु जहिले पनि सुरक्षित रहुन् भनेर सुनिश्चित गर्नसुनौलो नियमहरू सूचीबद्ध गर्छ ।
  • खण्ड ५ ले तपाईंलाई एक जोखिम परीक्षकप्रदान गर्दछ र  तपाइँले चाहनुभएको समाचार सुरक्षित रूपमा पाउनको लागि आवश्यक सबै जानकारी प्रदान गर्छ । 

  •  खण्ड ६ ले भिडियो र अडियो रेकर्डिङ सम्बन्धी सबै आवश्यक सुझावहरू दिन्छ् रविशेषज्ञहरुले कसरी महामारीको सामना गर्न व्यवस्थापन गर्छन् भन्ने बारेमा पनि झलक दिन्छ । 

  •  खण्ड ७ ले तपाइँले कसरी तपाइँ र तपाइँको परिवारलाई सुरक्षित राख्न सक्नुहुन्छ, र तपाईले कहाँबाट मद्दत लिन सक्नुहुन्छ जस्लेगर्दा  तपाईं आघात वा भावनात्मक तनावको शिकार हुनुहुनेछैन भनेर देखाउँछ । 

 

समय प्रतिबद्धता 

तपाईले यस पाठ्यक्रमलाई ४ घण्टा भित्र  पूरा गर्न सक्नुहुन्छ । 

 

यो पाठ्यक्रमलाई सोनिका थपलियाले नेपालीमा अनुवाद र प्लेटफर्ममा अपलोड गर्नुभएको हो । 

 
×
One Last Thing!

Check your email inbox and click on the email verification link we just sent you.

If it doesn’t reach your inbox in a few moments, it might be in your spam folder. Don’t forget to add our email address to your contacts if it did end up in spam! That’ll make sure it doesn’t happen again.

As soon as you’ve verified your email, you’ll be able to continue.


Continue

×

Confirm Payment

Payment Unavailable. Try again later.

कोभिड सुरक्षा पाठ्यक्रम

Free


Credit Card
PayPal